सोसल मिडिया
रुकुम पश्चिम / अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध रुकुम पश्चिममा विरोध प्रदर्शन भएको छ। नेकपा एकीकृत समाजवादी निकट युवा संगठन नेपाल र अनेरास्ववियूले एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले एमसीसी चाहिँदैन- देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ जस्ता नारा लगाएका छन् ।
विरोध प्रर्दशन बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियो । कोणसभाको सम्वोधन युवा संगठन नेपाल कर्णाली प्रदेश उपाध्यक्ष सन्तोष खड्का र अनेरास्ववियूका जिल्ला अध्यक्ष हुकुम विसीले गर्नुभएको थियो ।
प्रदर्शनमा नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य शेरबहादुर केसी, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देवि ओली, जिल्ला अध्यक्ष विमल कुमार पुन लगायत युवा संगठन र अनेरास्ववियूका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।