Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
जनयुद्ध दिवस

पुथाउत्तरगंगामा शहिद परिवार र घाईतेलाई सम्मान

२०७८ फागुन १
tribeni2

रुकुम पूर्व / २७ औ जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले घाइते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवारलाई सम्मान गरेको छ ।

गाउँपालिकाको केन्द्र तकसेरामा एक कार्यक्रमका बिच सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले गाउँपालिका भित्रका एक सय २४ जनालाई सम्मान गरेको बताउनुभयो ।

शहिद परिवार ८९ जना र घाइते ३५ जनालाई सम्मान गरिएको हो । उनिहरु सबैलाई अबिर, खादा र नगद दुई/दुई हजारले सम्मान गरिएको हो ।

जनयुद्धमा शहिद परिवार, घाईते तथा अपांगता भएका व्यक्ति, बेपत्ता परिवार लगायतको अमूल्य योगदान भएको उहाँको योगदानको कदर स्वरुप सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष शाहीले बताउनुभयो ।

गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सम्मान, शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीको प्रमुख आतिथ्यता र निमित्त प्रमुख प्रशासकीय अधिकृत वशिष्ट नारायण यादवको विशेष आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्