Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनयुद्ध दिवसको अवसरमा रुकुमकोटमा भलिबल प्रतियोगिता सञ्चालन

२०७८ फागुन १
tribeni2

रुकुम पूर्व / जिल्लाको सिस्ने गाउँपालिकामा वडास्तरीय महिला र पुरुष भलिवल प्रतियोगिता सञ्चालन भएको छ ।

गाउँपालिकाको ५ नम्वर वडाले जनयुद्ध दिवसको अवसर पारेर आईतबारदेखि महिला र पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो । वडाले २७ औ जनयुद्ध दिवसको अवसर पारेर युवा खेलकुद विकास कार्यक्रम समितिमार्फत प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बिच सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल र नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमिटीका इन्चार्ज कृष्ण रेग्मिले उद्धघाटन गर्नुभएको हो ।

प्रतियोगितामा २७ समुहले नाम दर्ता गराएका छन् । महिलातर्फ ७ समुह र पुरुष भलिबलतर्फ २० समुहले नाम दर्ता गराएको नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका ५ का वडाध्यक्ष एवम् खेल संयोजक प्रकाश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आज खेलकुद प्रतियोगिताको उद्धघाटन गरिएपनि खेल सञ्चालन भने भोलीबाट हुनेछ ।

महिला भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई २० हजार, दोस्रो स्थान हासिल गर्नेलाई १५ हजार, तेस्रो स्थान हासिल गर्नेलाई १० हजार र सान्तवना स्थान हासिल गर्नेलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई ५१ हजार, दोस्रो स्थान हासिल गर्नेलाई ३१ हजार, तेस्रो स्थान हासिल गर्नेलाई २१ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई ११ हजार पुरस्कार प्रदान गरिने खेल संयोजक कार्कीले बताउनुभयो ।

५ नम्बर वडाका वडाध्यक्ष शान्तेबहादुर विकको अध्यक्षतामा भएको खेलकुद प्रतियोसगिता उद्धघाटन कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको प्रमुख आतिथ्यता र माओवादी केन्द्रका सिस्ने गाउँ कमिटीका इन्चार्ज कृष्ण रेग्मिको विशेष आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्