Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
२०७८ फागुन २

मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु, एक जना गम्भिर घाइते

सोमबार, फागुन २, २०७८
tribeni2


बर्दियाको बारबर्दिया नगरपालिका–८ रम्बापुरमा मोटरसाइकल दुर्घटना हुदा एक युवकको मृत्यु भएको छ भने अर्को एकजना गम्भिर घाइते भएका छन ।

आइतबार साँझ रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोक्किँएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ घर भएका २३ बर्षीय धनबहादुर चौधरी रहेका छन् ।

उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा उनको मृत्यु भएको प्रहरी जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २६ बर्षीय मंगल शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ००:०२
प्रतिक्रिया दिनुहोस्