Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

७० वर्षीया आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

tribeni2

विराटनगर / आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।
उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई ७० वर्षीया आफ्नै आमा चन्द्रमाया भण्डारीलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको १ प्रदेश नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

घरायसी विवादको क्रममा उनले आफ्नै आमालाई चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको छ। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ००:०२
प्रतिक्रिया दिनुहोस्