Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सडक निमार्ण अबरुद्ध

tribeni2

निर्माणधीन मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको चुहाडे खण्डमा विवाद हुँदा निर्माण कार्य अवरुद्ध भएको छ ।

लोकमार्गको पूर्वी खण्डमा पर्ने गाईघाटबाट कालोपत्रे सुरु भएसँगै चुहाडे खण्डमा स्थानीय र ठेकेदार कम्पनीबीच भएको विवादले काम अवरुद्ध भएको हो ।

धरान–चतरा–सिन्धुली हुँदै हेटौँडा जोड्ने सडकको उदयपुर खण्डमा कालोपत्रेको काम भइरहेको छ । ठेकेदार कम्पनीले सडक छेउमा परेका घर जग्गाको मुआब्जा नदिएको, खानेपानी पाइपहरु क्षतविक्षत बनाएको भन्दै स्थानीयले निर्माण कार्य रोकेको त्रियुगा नगरपालिका ७ चुहाडेका अम्वरबहादुर दनुवारले बताए ।

धरान–चतरा–सिन्धुली हेटौडा सडक आयोजना पूर्वी खण्डको कार्यालय तथा जिल्ला प्रशासन कार्यालय समेत पुगेर निवेदन समेत दिँदा पनि ठेकेदारले नटेरेपछि काम रोक्नु परेको स्थानीय देवराज गिरीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १६:०३
प्रतिक्रिया दिनुहोस्