Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नदिजन्य पदार्थको जरिवाना नतिर्ने सफल निर्माण सेवाको ट्याक्टर जफत

tribeni2

रुकुम पश्चिम / जिल्लाको मुसिकोट नगरपालिकाले नगरक्षेत्रको सानीभेरी किनारबाट अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गरेर जरिवाना नतिरेको भन्दै एक निर्माण सेवालाई कारबाहि सुरु गरेको छ ।

गौरब बराल प्रबन्धक रहेको सानीभेरी गाउँपालिका वडा नम्वर २ स्थित सफल निर्माण सेवालाई कारबाहि सुरु गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनका अनुसार उक्त निर्माण कम्पनिले गरेको कबुल अनुसार नगरपालिकालाई तोकिएको मितिमा दस्तुर नतिरेकोले निकासी कार्यमा रहेको ट्याक्टर जफत गरिएको छ । रा १ त ३३९९ नम्बरको ट्याक्टर जफत गरिएको हो ।

नगरपालिकाका अनुसार सफल निर्माण सेवाले अवैध रुपमा सानीभेरी किनारका बिभिन्न घाटहरुबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन तथा बिक्रि बितरण गर्ने गरेको थियो ।

नगरपालिकाले बिभिन्न मितिमा सूचना प्रकाशन गरेर प्रचलित कानून बमोजिम ठेक्का आह्वान गर्दा समेत ठेक्का हाल्न नआएको जनाएको छ । तर बारम्बार ताकेका गर्दा जरिवाना स्वरुप सात लाख २४ हजार ६ सय २८ रकम तिर्न कागज गरेको थियो ।

आवश्यक कागजात सहित आएर सम्झौता गरी २०७८ माघ २ गते भित्र उक्त उक्त राजश्व तिर्न कागज गरेको सफल निर्माण सेवाले हालसम्म पनि राजश्व जम्मा नगरेपछि कारबाहि गरएिको बताइएको छ ।

समयमै दस्तुर बुझाउन नआए जफत गरिएको ट्याक्टर लिलाम बिक्रि गरी सो बाट अपुग हुने रकम प्रचलित कानुन अनुसार असुर गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्