जसपाका जिल्ला सचिव एकीकृत समाजवादीमा प्रवेश

रुकुम पश्चिम / रुकुम पश्चिममा जनता समाजवादी पार्टीका जिल्ला कमिटी सचीव खगेन्द्र खत्रीले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

पार्टी प्रवेश गरेसङ्गै खत्रीले कम्युनिष्ट पार्टीले मात्रै देशमा समाजवादको आधारशिला खडा गर्न सक्ने बताउनुभयो । सच्चा कम्युनिष्टहरु एकीकृत समाजवादीमा गोलबन्द हुन नेता खत्रीको आव्हान छ।

उहाँ सङ्गै नेकपा एमालेका जिल्ला कमिटी सदस्य दिपेन्द्र कुँवरले पनि एकिकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । कुँवरले एमालेका अन्य नेता कार्यकर्ताहरुको पनि पार्टीबाट विद्रोह गरेर समाजवादी रोज्नेहरुको लहर चलेको बताउनुभयो।

आज मुसिकोटमा अवस्थित पार्टि कार्यालयमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देबि ओलि र जिल्ला अध्यक्ष बिमल कुमार पुनले उहाँहरुलाइ पार्टी प्रवेश गराउनुभएको हो ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्