सोसल मिडिया
रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सगंठन अनेरास्ववियू क्रान्तिकारी जिल्ला समिती रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ। सोमबार जिल्ला सदरमुकाम मुसिकोटमा बसेको बैठकले विभिन्न निर्णयहरु गर्दै सम्मन्न भएको जिल्ला अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो ।
बैठकले एक महिने सगंठन सुढिकरण,विस्तार तथा निर्माण अभियान अन्र्तगत सगंठित सदस्य सात हजार पुय्राउन गरि स्कुल जाउँ अभियान सन्चालन गर्ने निर्णय गरेको छ । यस्तै दिलबहादुर रम्तेलको साधक भएको दिन फागुन १४ देखि २१ गत्ते सुखानी हत्याकाण्ड भएको दिन सम्म पार्टीले मनाउंदै आएको सहिद सप्ताहको अवसरमा सगंठनले सवै पालिका विभिन्न कार्यक्रम गरी सहिद सप्ताहलाई मनाउने निर्णय गरेको छ ।
सगंठनले आफ्नै वेवसाइट सन्चालन गर्ने र जिल्लामा एउटा माक्र्सवादी अध्ययन केन्द्र समिती गठन गर्ने निर्णय गरेको पनि अध्यक्ष केसीले बताउनुभयो ।बैठकले सगंठनको विधान विपरित काम गरेको भन्दै जिल्ला समिती सदस्य खिम बहादुर ओलीलाई कारवाही गरेको छ । साथै मुसिकोट १ त्रिवेणीचोकमा सगंठनले आफ्नो कार्यालयको स्थापना पनि गरेको छ ।
बैठकका प्रमुख आतिथी पार्टीका केन्द्रिय स्कुलिं आयोगका सदस्य महेन्द्र केसीको रहेको थियो साथै बैठकमा सगंठन केन्द्रिय सदस्य सुन्दर शर्मा, जिवन खड्का, प्रदेश समितीका उपाध्यक्ष तुल देवकोटा, केन्द्रिय आयोग सदस्य सम्कृति पुन, पार्टीका प्रदेश समिती द्दय सचिण रोका र जयबहादुर पाण्डे लगायतको अतिथी रहेको थियो ।जिल्ला अध्यक्ष नारायण केसीको अध्यक्षतामा बसेको बैठकको सन्चालन सचिव खुमराज ओलीले गर्नुभएको थियो ।