Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सोलुखुम्बुमा बम भेटियो

tribeni2

सोलुखुम्बु / सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका २ बेनीको फेरा भन्ने ठाउँमा एउटा सकेट बम भेटिएको छ । स्थानीयवासीले बारीमा काम गर्ने क्रममा आज मङ्गलवार दिउँसो बम देखेपछि प्रशासनलाई खबर गरेका थिए ।

बम फेला पारिएको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको प्रशासनले जनाएको छ । यस्तै बम डिस्पोज गर्न ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइपुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

निकै पुरानो जस्तो देखिने त्यो बम सशस्त्र द्वन्द्वकालीन समयमा लुकाइएको हुन सक्ने प्रहरीको अनुमान छ । केहीबेरमा बम डिस्पोज गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  ०२:०२
प्रतिक्रिया दिनुहोस्