Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बन्द नाग्म गमगढी सडक सञ्चालनमा 

tribeni2

हिमपातका कारण दुई महिना देखि अबरुद्ध नाग्म – गमगढी सडक सञ्चालनमा आएको छ । मुगु र जुम्लाको सिमानमा पर्ने घुच्चीलेखकको सात मोड , भुलभुलेमा ५ फिल सम्म हिउँ जमेर बन्द भएको सडक शनिबारबाट बाट सञ्चालनमा आएको हो ।

सडक पुसको अन्तिम साता देखि हिमपातले बन्द भएको थियो । सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यलय जुम्ला छायाँनाथ रारा नरपालिका , जिल्ला प्रशासन कार्यलय ,मुगु उद्योग बाणिज्य संघ,नेपाल प्रहरी,शसस्त्र प्रहरीको पहलमा जुम्लाको भुलभुलेदेखि मुगुको झाडनाउलासम्म डोजर लगाएर हिउँ हटाएपछि शनिबारबाट अबरुद्ध सडक सञ्चालनमा आएको होे ।

सडक खुलेपछि यातायातका साधान साना गाडी र ट्याक्टर सन्चालनमा आएका छन । दुइ महिना देखि सडक अबरुद्ध हुदाँ निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको र दैनिक उपभोग्य सामानाको अभाभ भएको थियो । ठूला सवारी साधन नियमित सञ्चालनमा ल्याउन अझै केहि दिन लाग्ने छायाँनाथ रारा नगरपालीका अध्यक्ष हरिजंग शाहीले बताए । सडक बन्द हुदाँ नागरीकले पैदल यात्रा गरी जुम्ला सम्म यात्रा गर्न बाध्य भएका थिय

गमगढी–नाग्म सडक खण्ड सबैभन्दा जोखिमपूर्ण रहेको छ । नाग्म देखि गोठी जिउला हुदै झ्यारीखोला, ताल्चामैतु, एसमोड, सातमोड, पिनालगायत खण्डमा हिउँद हिउँले बर्षा पानी पर्ने्बित्तिकै हिलो हुन्छ । पहिरोको खतरा पनि उत्तिकै हुने गर्छ । बढी लोड बोकेका सवारी हिलोमा फस्दा निकाल्नै गाह्रो हुने चालक जुम्लाका बिर्ष थापाले बताए । ट्रयाक खुलेको ६ वर्ष बित्दासम्म पनि नाग्म गमगढी सडक कालोपत्रे नहुँदा यो सडक बर्षमा ४ महिना मात्र यातायातका साधन चल्ने र बाँकी महिना सडक बन्द हुने गरेको छ । 

प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १७:०३
प्रतिक्रिया दिनुहोस्