Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मध्यपहाडी लोकमार्गमा जमेको हिउँ पन्छाउन सुरु

२०७८ फागुन ४
tribeni2

रुकुम पूर्व / रुकुम (पूर्व) मा मध्यपहाडी लोकमार्गमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ । भारी हिमपातको कारण गएको माघ तेस्रो साताबाट अबरुद्ध भएको सडकमा जमेको हिउँ पन्छाउन सुरु गरिएको हो । सडक अबरुद्ध भएको दुई सातापछि हिउँ पन्छाउन सुरु गरिएको भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले बताउनुभयो। 

उहाँकाअनुसार भूमे गाउँपालिकाको इन्धन सहयोगमा मध्यपहाडी लोकमागको काम गरिरहेको सिद्धिशाही कन्स्ट्रक्सन प्रालीले बाटोमा जमेको हिउँ पन्छाइरहेको छ । 

भूमे गाउँपालिका वडा नम्बर १ को लकुमभन्दा माथीपट्टीको भाग रिचिमदेखि बाटो सफा गर्न सुरु गरिएको छ । रिचिमदेखि रुकुम (पूर्व) र बागलुङको सिमाना पातीहाल्नासम्मको अन्दाजी ६/७ किलोमिटरमा हिउँ पन्छाइने इलाका प्रहरी कार्यालय काँक्रिका इन्चार्ज प्रहरी सहायक निरीक्षक चित्रबहादुर बुढाक्षेत्रीले बताउनुभयो । 

दुई सातासम्म मध्यपहाडीको लुकुम–पातीहाल्ना खण्ड अबरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्