सोसल मिडिया
काठमाडौँ / सत्ता साझेदार दलहरूकै बीचमा सहमति नजुटेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटका क्रममा बुधबारको बैठकमा एमसीसी टेबल नगर्ने सहमति बनेको हो ।
कांग्रेसबाहेक सत्ता साझेदार सबै दल एमसीसी संसद्मा पेश गर्न नहुने पक्षमा उभिएका छन् ।