Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रानीकोटमा ट्याक्टरले किचेर श्रीमानको मृत्यु, श्रीमती घाईते

२०७८ फागुन ४
tribeni2

रुकुम पूर्व / जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ रानीकोटमा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।

बुधबार रानीकोटमा रा १ त १५६३ नम्बरको ट्याक्टरले ठक्कर दिदा सिस्ने गाउँपालिका वडा नम्बर ५ सिलाका ४५ वर्षका प्रेम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेन्द्र बानीयाँले जानकारी दिनुभयो ।

रानीकोटमा गिट्टी लोड गरेर रुकुमकोटतर्फ आउन लागेको ट्याक्टर अगाडि पछाडी बनाउने क्रममा ब्रेक नलाग्दा अनियन्त्रित भएर पल्टिदा अगाडी उभिएको मान्छेलाई किचेको सुचना अधिकारी बाँनीयाले बताउँनुभयो । उहाँकाअनुसार मान्छे किचेर ट्याक्टर सडकभन्दा धेरै तल खसको छ ।

ट्याक्टरले किचेर गम्भिर घाइते भएका परियारलाई उपचारको लागि रुकुम पूर्व अस्पतालमा ल्याएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतक परियार रानीकोटमै गिट्टी कुट्ने काम गर्दै आउनुभएको थियो । ट्याक्टरले ठक्कर दिदा परियारकी पत्नी ४३ वर्षिया सिता परियार घाईते हुनुभएको छ । उहाँलाई सामान्य चोटपटक लागेको प्रहरी निरीक्षक बाँनीयाले बताउनुभयो ।

चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्