Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एकीकृत समाजवादी सल्यानले थाल्यो निर्वाचन केन्द्रित कार्यक्रम

२०७८  फागुन ५
tribeni2

इन्द्र बुढाथोकी
सल्यान / सल्यानमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले निर्वाचन केन्द्रित कार्यक्रम थालेको छ ।
बुधबार पार्टीले नगर स्तरीय प्रशिक्षण तथा राष्ट्रिय सभा सदस्य उदय वोहरालाई सम्मान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रम नगर स्तरीय अगुवा कार्यकर्तालाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय उप महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष अम्बरवहादुर थापा, केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज एवं राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहरा, केन्द्रीय सदस्य भद्रसिंह वुढाले प्रशिक्षणात्मक सम्बोधन गर्नुभएको थियो ।

साथै केन्द्रीय प्रतिनिधि परिषद् सदस्य हरि केसी, प्रदेश कमिटी सदस्य एवं पार्टी जिल्ला कमिटी उपाध्यक्ष कमरेड राम खड्गी, प्रदेश कमिटी सदस्य एवं पार्टी जिल्ला कमिटी सचिव रमेश कुमार गौतम, प्रदेश कमिटी सदस्य तथा पालिका कमिटी इन्चार्ज गणेश बिसी लगायतले प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी प्रदेश कमिटी सदस्यहरु ज्ञानेश्वर केसी तथा जीवन बिसी, युवा संघ केन्द्रीय सचिवालय सदस्य ओमकार ओली, अनेरास्ववियूका स्थायी कमिटी सदस्य तिलक नेपाली, युवा संघ कर्णाली प्रदेश उपाध्यक्ष रेशम भण्डारी, प्रगतिशिल शिक्षक संगठन प्रदेश उपाध्यक्ष शिखर यरी लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

पार्टी नगर कमिटी अध्यक्ष रविराज शर्माको अध्यक्षतामा आयोजित प्रशिक्षणात्मक भेलामा जिल्ला कमिटी सदस्य पठ बहादुर पुनको स्वागत मन्तव्य रहेको थियो भने नगर कमिटी सचिव गोविन्द डाङ्गीले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्