Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोट क्षेत्रको विकासका लागि अरबौ बजेट थप हुने

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको विकासका लागि अरबौ बजेट थप भएको छ । नगरपालिकाको राडी बजार क्षेत्रमा शहरी पूर्वाधारको लागि र छरेबगर गोतामकोटमा दश किलोमिटर सडक पिच गर्नका लागि ५०/५० करोड बजेट स्विकृत भएको बताईएको छ ।

यस्तै रिम्ना तल्लुबगरको लागी एक अरव ८० करोड र मन्मै ठाँटीखोला भेरीनदी पुलको लागी २४ करोड बजेट स्वीकृत भएको र टेण्डर आह्वानको क्रममा रहेको आठबिसकोट नगरपालिकाका प्रमुख गोर्ख बहादुर केसीले जानकारी दिनुभयो ।

यसैगरी नगरपालिकामा रहेका फुसको छानो हटाउनको लागि आठ करोड, नदुवा राडी सडक स्तर उन्नतिका लागी ३० करोड र राडी ज्युला(खदि ओख्ले सडकको लागि पनि केहि बजेट स्विकृित हुने क्रममा रहेको प्रमुख केसीले बताउनुभयो ।

जिल्लामा एक घर एक धाराको लागी एक अरव बजेट स्विकृतिको क्रममा रहेको छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माको पहलमा जिल्लामा उक्त बजेट आउने क्रममा रहेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्