Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विद्युत समस्याबारे छलफल

tribeni2

सुर्खेत / कर्णाली प्रदेशभर विद्युतीकरणमा देखिएको समस्या समाधानबारे कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विहिबार सम्बन्धित कार्यालयसँग छलफल गरेका छन् ।

कोहलपुरदेखि सुर्खेतसम्म १३३ केभी प्रसारण लाइनमा देखिएको समस्यादेखि कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा पश्चिम सुर्खेतमा देखिएको विद्युतीय समस्याबारे छलफल गरेका हुन् ।

१३३ केभी प्रसारणका लागि हाल विद्युतीकरण गर्दा रुख कटानदेखि अन्य काम गर्दा पटक–पटक समस्या आइ काममा ढिलाइ हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्दप्रसाद दहालबीच छलफल गरेका छन् ।

यस्तै, प्रदेशका १० जिल्ला नेपाल विद्युत प्राधिकरणका प्रमुख, खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुखसँग छलफलपछि मन्त्री सिंहले सरोकार राख्ने मन्त्रालयका अधिकारीसँग छलफल भएको छ ।

वातारणीय प्रभाव मुल्याङ्गकन गर्दा वन मन्त्रालयसँग छलफल नगरी जथाभावी सर्वेक्षण गर्दा योजना बस्तुबादी नभएको प्रदेश वन निर्देशक गोविन्दप्रसाद दहालले बताए ।

देखिएको समस्या समाधान गर्ने विषयमा समेत छलफल भएको थियो । कर्णालीका १० जिल्लामा विद्यतीकरण गर्दा वन क्षेत्र भित्र काम गर्दा अवरोध हुने भएकाले त्यसको समाधान गर्न सबै सहमत भएको बताइएको छ ।

विकास निर्माणमा कार्यमा प्रयोग हुने वन क्षेत्र र सो सँग सम्वन्धित वातावरणीय अध्ययन लगाएतका कार्यक्रममा सहजिकरण गर्न प्रदेश सचिव, निर्देशकको नेतृत्वमा सहजिकरण समिति गठन गरी कामलार्इ सहजिकरण गर्ने सहमति भएको छ ।

यस्तै, समितिले निष्कर्ष निकाल्न नसके मन्त्री वा सचिवको नेतृत्वमा निर्देशन समिति गठन गरी उक्त समितिसँग छलफल गरी सहमती र समाधान गर्ने वैठकले निर्णय गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्