Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको सडक क्षेत्रमा राखिएका निर्माण सामाग्री हटाउन अनुरोध

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले सडक तथा सार्वजनिक स्थानहरूमा जथाभावी राखिएका सामाग्रीहरू तत्काल हटाउन अनुरोध गरेको छ ।
मंगलबार नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाको सडक, बजार क्षेत्र तथा सार्वजनिक स्थानहरुमा निर्माण सामाग्रीहरु नराख्न निर्देशन दिनुभएको हो ।

यदि सुचनाको अवज्ञा गरेको पाइएमा नगरपालिकाले कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

अहिले पनि खलंगा बजारको पुष्पलाल चोक, कृषि विकास बैक नजिक लगायतका क्षेत्रका सडक छेउछाउमा निर्माण सामग्रीहरू गिटी, बालुवा, ढुंगा राखिएकाले सवारी आवागमन तथा पैदलयात्रीहरूलाई अप्ठ्यारो हुने गरेको छ ।

नगरपालिका द्धारा जारी गरिएको सूचना-

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्