Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शेयर बजारमा आज पनि गिरावट

tribeni2

काठमाण्डौ /  शेयर बजार परिसूचक नेप्से बिहीवार पनि ओरालो लागेको छ । नेप्से आज एक दशमलव ९३ अङ्कले घटेको छ ।
आज नेप्से दुई हजार सात सय ३२ दशमलव ५२ विन्दुमा झरेको छ ।

आज व्यापार, जलविद्युत्, उत्पादन र म्युचुल फन्ड समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर सामान्य ओरालो लागेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय २७ कम्पनीका ४० लाख १७ हजार कित्ता शेयर दुई अर्ब २७ करोड ७८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्त संस्थाको २२ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको शेयर चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि तेह्रथुम पावर कम्पनी र युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर झण्डै साढे ६ प्रतिशतले बढेको छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्