सोसल मिडिया
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले हतियार नबुझाए सरकारले खोस्ने चेतावनी दिएका छन् ।
विराटनगर र कटहरी गाउँपालिकाको सीमानामा रहेको फलफूल तथा कृषि बजार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपाप्रति आक्रोश व्यक्त गरे ।
उनले विप्लव समूहले चन्दाका नाममा धम्क्याउने र लुटपाट गरिरहेको बताए । सरकारले यस्ता गतिविधि रोक्न प्रतिबन्ध लगाएपछि केही बुद्धिजीविले नकारात्मक टिप्पणी गरेको विषयमा आफूलाई त्यस्ता बुद्धिजीविप्रति दया लागेको प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री ओलीले चन्दाका नाममा धम्की आए नमान्न सबैलाई आग्रह पनि गरे ।