Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले अध्यक्ष ओलीविरुद्ध अख्तियारमा मुद्धा

tribeni2

काठमाण्डौ /  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।

आज नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले एमाले अध्यक्ष ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल तथा नेताहरू योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी दर्ता गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

अनेरास्ववियूको तर्फबाट आएको उजुरीलाई दर्ता गरिएको र प्रक्रिया पुर्‍याएर अनुसन्धान गरिने पनि प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्