Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा राष्ट्रिय परिचयपत्रको दर्ता अभियान सञ्चालन हुने

tribeni2

रुकुम पश्चिममा राष्ट्रिय परिचयपत्रको दर्ता अभियान सञ्चालन हुने भएको छ ।बिहिबार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आयोजना र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको सह आयोजनामा भएको बैठकले जिल्लामा सवै वडा वडाहरुमा परिचयपत्र दर्ताका लागि अभियान चलाउने निर्णय गरेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले नागरिकता लिएका सबै नागरिकहरुले राष्ट्रिय परिचयपत्र बनाउन सक्ने जानकारी दिनुभयो ।

यस अघि जिल्लामा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन वा राहदान बनाउन आएका नागरिकहरुलाई लक्षित गरी राष्ट्रिय परिचयपत्रको दर्ता गर्ने गरिएको थियो अव भने जिल्लामा सवैको परिचयपत्रको विवरण संकलन गरिने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्