Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शिक्षा पत्रकार समूहको केन्द्रीय सचिवमा कर्णालीका विष्णु

tribeni2

काठमाडौं / शिक्षा पत्रकार समूहको केन्द्रीय सचिवमा विष्णु विश्वकर्मा चयन हुनुभएको छ । काठमाडौंमा सम्पन्न समूहको ११ औं अधिवेशनबाट सचिवमा सर्वसम्मत विश्वकर्मा निर्वाचित हुनुभएको हो ।

सुर्खेत घर भएका विश्वकर्मा पछिल्लो एक दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँ, उज्यालो नेटवर्क लगायतका रेडियोमा कार्यरत हुनुहुन्थ्यो । अहिले इकागज डटकममा कार्यरत हुनुहुन्छ ।

समूहको अध्यक्षमा कृष्ण मल्ल, वरिष्ठ उपाध्यक्ष निर्जला कक्षपति, उपाध्यक्ष जनक नेपाल, महासचिव रोशन क्षेत्री गाउँले, कोषाध्यक्ष ममता थापा चयन भएका छन ।

यस्तै सदस्यमा हरि थापा, नवराज चालिसे, सबिना बानियाँ, राजकुमार बराल, राधा खनाल, दीपेन्द्रप्रसाद सिंह र अनिता श्रेष्ठ चयन भएका हुन् ।

शिक्षाका मुद्दामा लेख्ने पत्रकारको पहिलो व्यवसायिक संगठनका रुपमा शिक्षा पत्रकार समूह २२ वर्ष अगाडी स्थापना भएको संस्था हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्