सत्ता गठबन्धनको बैठक बालुवाटारमा

आज बस्ने प्रतिनिधि सभा बैठक अघि नै सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा एमसीसीका विषयमा छलफल गर्न र सहमति खोज्न अन्तिम कसरतमा जुटेका छन ।

हिजो बेलुका बसेको गठबन्धनको बैठकमा एमसीसीको निकासबारे कुनै सहमति नजुटेपछि पुनःशीर्ष नेताहरु अहिले फेरी छलफलमा जुटेका हुन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्