Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

झुल्नेटामा लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टर स्थापना

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ झुल्नेटामा लक्ष्मी बैंकको नयाँ एक्सटेन्सन काउण्टर सुरु भएको छ ।

झुल्नेटामा लक्ष्मी बैंकको कर्णाली प्रदेशको दोस्रो काउन्टरका रुपमा एक्सटेन्सन काउण्टर विस्तार भएको हाे । बिहिबार त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्तीले रिवन काटेर बैंकको नयाँ एक्सटेन्सन काउण्टर औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।

झुल्नेटा एक्सटेन्सन काउण्टरले उद्घाटन भएसगैं कारोबार सुरु गरेको लक्ष्मी बैंकको सिम्रुतु शाखा प्रमुख रुपशिला डाँगीले जानकारी दिनुभयो ।

एक्सटेन्सन काउण्टरले बचत, रेमिट्यान्स लगायतका सेवा दिने छ भने कर्जा प्रवाहको लागि भने लक्ष्मी बैंकको सिम्रुतु शाखामा नै आउनुपर्ने डाँगीले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्