Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार अधिकारीलाई

tribeni2

काठमाडौँ / यस बर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि पत्रकार ज्योति अधिकारी छनोट हुनुभएको छ ।

राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक बर्ष प्रदान गरिने २० हजार रुपैयाँ राशीको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट ‘नेपाल समय डटकम’मा कार्यरत चितवनकी अधिकारी छनोट हुनुभएको हो ।

पुरस्कार वितरण कार्यक्रम फागुन ९ गते सोमबार बिहान ११ बजे कावासोती २ राधाचोक स्थित बस्याल निवासमा हुने भएको छ । गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम हुने फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिनुभयो ।

फाउण्डेसनले स्व. राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्टमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ । पत्रकारितामा आबद्ध राधा आफूलाई क्यान्सर भएपछि समाजमा क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम गर्दै आउनुभएको थियो ।

२०४८ फागुन ९ गते नवलपुर जिल्लाको कावासोती ४ छिपछिपेमा जन्मेकी उहाँको मिति २०७७ कार्तिक १४ गते निधन भएको थियो । गत वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार महिला स्वास्थ्य डटकम बर्दीयाकी समृद्धा केसीलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्