Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

छिन्चुदेखि नेपालगञ्ज जाँदै गरेको मोटरसाईकल दुर्घटना, दुई जनाको ज्यान मृत्यु

tribeni2

सुर्खेत नेपालगञ्ज रत्नराजमार्ग अन्तर्गत सुर्खेतको हर्रे चेकपोष्ट नजिकै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भेरीगंगा नगरपालिका १०, घारीवनका २० वर्षीय रविन सिंजाली र १७ वर्षीय योगेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

छिन्चुदेखि नेपालगञ्ज जाँदै गर्दा रत्न राजमार्गको बबई नजिकै भीरबाट मोटरसाइकल दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले बताउनुभयो ।

तीव्रगतिका कारणले भीर नजिकैको टर्निङ्गमा मोटरसाइकलको हेन्डिल मोड्न नसकेर गएराती नै दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताईएको छ ।

आज विहान मात्रै बाटोमा ओहोरदोहोर गर्ने यात्रुले मोटरसाइकल भीरबाट खसेको देखेपछि हर्रे स्थित नेपाली सेनाको चेकपोष्टलाई खबर गरेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्