Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शरिरमा आगो सल्कदा जुम्लामा एक जनाको मृत्यु

tribeni2

जुम्लाको तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायको आगोले जलेर मृत्यु भएको छ ।

आगो ताप्ने क्रममा जलेर घाईते भएका रोकायको उपचारको क्रममा शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामामा मृत्यु भएको हो ।

बिहीवार दिउँसो ५ बजे घरदेखि करिब २ घण्टा टाढा रानिजंगलमा बाख्रा चराउन गएको सयममा चिसोको कारण आगो बालेर ताप्ने क्रममा शरिरमा लाग्न पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्