नेभिगेशन
कला/साहित्य

गजल - अमला अधिकारी

गजल

मुटु बधशालामा,आँखा सीमानामा राख्दिनु
त्यसपछि मात्रै यो शरीरलाई चितामा राख्दिनु 

हामी कारखानामै सिध्याइदिन्छौं रगत र पसिना
सरकार ! हाम्रा नानीहरूलाई पाठशालामा राख्दिनु

पितृसत्ताको गह्रौं भारी बोकाएर पिठ्युँमा
स्वतन्त्र सपना किन हाम्रा आँखामा राख्दिनु

सुन, दौलत छैन, जमिन पनि छैन मेरो नाममा
सम्पत्ति विवरणको सूचिमा बा आमा राख्दिनु

कि जोगी बनाइदिनु,कि हुलाकी बनाइदिनु
ओ प्रिय ! मलाई हरपल तिम्रो ढोकामा राख्दिनु ।

- अमला अधिकारी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य