Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमसीसी बिरुद्ध ६ साना बामपन्थी दल आज सडकमा

tribeni2

काठमाडौं /  संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी विरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन ।

चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी)र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी बिरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन ।

नेपाली जनताको एमसीसी बिरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको निष्कर्ष बैठकले निकालेको छ’ भन्ने उल्लेख गर्दै साना बामपन्थी दलले अमेरिकन राजदुत र्यान्डी बेरीको टविट, चीनका बिदेश बिभागको पत्रकार सम्मेलनवाट ब्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबुल गनगरी पारित गराउने अन्तिम कसरतले उक्त बिषयलाई पुष्टी गरेको साना बामपन्थी दलको निष्कर्ष रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्