Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तीन हप्तासम्म हिउँ जमेर ठप्प भएको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

tribeni2

रुकुम पूर्व / तीनसम्म हिउँ जमेर ठप्प भएको मध्यपहाडी लोकमार्ग अव भने सञ्चालनमा आएको छ । उक्त लोकमार्गमा पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समयसम्म सडक बन्द हुनपुगेको हो ।

एक हप्ता लगाएर लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि अहिले सडक सञ्चालनमा आएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिनुभयो । गाउँपालिकाको इन्धन सहयोगमा यो खण्डमा काम गरिरहेको सिद्धी शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढाले बताउनुभयो ।

मध्यपहाडीको महत्त्वपूर्ण खण्डमा हिउँ जम्दा यात्रु समस्यामा परेका थिए । त्यही समस्यालाई मध्यनजर गर्दै गाउँपालिका, निर्माण कम्पनी, प्रहरी, प्रशासनको समन्वयमा सडक सञ्चालन गरिएको हो । हरेक वर्षको यही समयमा हिउँले मध्यपहाडी लोकमार्गको लकुम–पातीहाल्ना खण्ड बन्द हुँदा यात्रुले समस्या झेल्दै आइरहेका छन् ।

सडकमा जमेको हिउँ पन्छाएसँगै शनिबार देखि नियमितरूपमा गाडी चल्न थालेको यातायात व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्