Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च

tribeni2

काठमाडौं  / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

साबिकको मूल्यमा अब प्रतिलिटर तीन रुपैयाँले वृद्धि भएको आयल निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम भएको छ।

गत माघ १८ गते पेट्रोलियम पदार्थमको मूल्य बढाएको थियो। पेट्रोलियम पदार्थको मूल्यवृद्धि यो हालसम्मकै उच्च हो। निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको जनाएको छ।

मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमै २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको निगमले दाबी गरेको छ। यो मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्