रुकुम कारागारमा कैद जीवन बिताइरहेका ४ जनाकाे कैद मिनाहा

रुकुम पश्चिम / रुकुम पश्चिमको कारागारमा कैद जीवन विताइरहेका ४ जनाकाे कैद मिनाहा भएकाे छ ।

७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रुकुम कारागारमा रहेका ४ जनाकाे कैद मिनाहा गर्नुभएकाे हाे।

कैद माफिमिनाहा पाउनेहरुमा सिस्ने गाउँपालिका ४ रुकुम पूर्वका अविनाश खड्का, पुथा गाउँपालिका १० रुकुम पूर्वका बबि भनिने  बोबी घर्ति , मुसिकोट नगरपालिका २ का रुकुम पश्चिमका राजु परियार र मुसिकोट नगरपालिका ११ रुकुम पश्चिमका कुल प्रसाद भनिने बलविर ओली रहेको कारागार कार्यालय रुकुमका निमित्त प्रमुख अगबिर घर्तिले बताउनुभयो।

उनीहरु चोरी, ज्यान मार्ने उद्योग, आगलागी मुद्दामा कैद भुक्तान गरिरहेकाहरु रहेका छन।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशका विभिन्न कारागारमा रहेको ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरिएको हो।

 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्