Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बजेट अपुग हुँदा सिचाइ योजना अधुरै

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ मा रहेको एक आयोजना रकम अभावमा अपुरै रहेको छ । पानाखोला -बाहुनडेरा -थापाचौर सिचाइ योजनामा बजेट अपुग हुँदा सिचाइ योजना अपुरो भएको हो ।

कर्णाली प्रदेशको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत प्रदेश सांसदहरुद्वय रातो कामी र देवि ओलीको पहलमा उक्त योजनामा दश लाख बजेट आएको थियो ।

तर उक्त बजेटले सिचाइ योजनाको २ सय ६७ मिटर मात्रै काम सम्पन्न भएको छ भने अव करिव ४र५ सय मिटर सिचाइ कुलाको कामका लागी बजेट अपुग भएको छ ।

शुक्रबार उक्त योजनाको सांसद ओलीले अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा योजना निर्माण गर्नका लागी बजेट अपुग भएको थाहा पाएपछि आवश्यक पहल गर्ने ओलीले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्