Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका एक युवाको कतारमा मृत्यु

tribeni2

रुकुम पश्चिम / बैदेशिक रोजगारीको लागि कतारमा गएका एक रुकुमेली युवाको निधन भएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १ का २८ बर्षका ईन्द्रबहादुर नेपालीको हिजो शनिबार निधनको खबर प्राप्त भएको उहाँका दाई धर्मराज नेपालीले बताउँनुभयो ।

शुक्रबार डिउटि सकेर कार्यरत कम्पनीबाट कोठामा फर्कदै गर्दा इन्द्रबहादुर सडक दुर्घटनामा पर्नुभएको थियो । दुर्घटनामा परेर घाईते उहाँको दोहा कतार स्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उहाँ दोहा कतारको अल्जावार नामक कम्पनिमा कार्यरत रहेको बताईएको छ ।

आमा, श्रीमती र दुई नाबालक छोराछोरी समेत रहेका उहाँ चार महिना पहिला रोजगारीको लागि कतार जानुभएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्