Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सूचनाको हकसम्बन्धी अन्तरक्रिया

२०७८ फागुन ९
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा सूचनाको हकसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। रास्ट्रिय सूचना आयोगको आयोजना नेपाल पत्रकार महासंघ रुकुमको समन्वय र सिस्ने गाउँपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हाम्रो अधिकार स् सुशासन र बिकासको आधार भन्ने नाराका साथ रास्ट्रिय सूचना आयोगले रुकुम पुर्ब जिल्लाका जनप्रतिनिधि, कार्यालय प्रमुख, सूचना अधिकारी, संचारकर्मी एवं सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा रास्ट्रिय सूचना आयोगका सचीव भागिरथ पाण्डेले सूचनाको हक सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

पाण्डेले सूचनाको हक के हो रु सिद्धान्तहरु, सार्वजनिक निकाय, सूचनाको हकका संवैधानिक र कानुनी पक्ष, सुचाना प्रवाह गर्ने विसयहरु, सार्वजनिक कार्यालयहरुको दायित्व, सूचना अधिकारीहरुको काम कर्तव्य, नागरिकले सूचना नपाए के गर्ने, कार्यालयबाट सूचना कसरि प्राप्त गर्ने लगायतका विसयमा प्रशिक्षण दिनुभएको थियो ।

पाण्डेले कार्यपत्र प्रस्तुत गरे पश्चात् सहभागीहरुबाट केही जिज्ञासा उठेको थिए । जिज्ञासाको समाधान सचीव पाण्डेले नै गर्नुभएको थियो ।

आयोगका आयुक्त रत्न प्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख गजेन्द्र बहादुर ओलि, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, पुथाउत्तरगङगा अध्यक्ष ओमप्रकाश घर्ती मगर, प्रमुख जिल्ला अधिकारी कृष्ण खड्का, सिस्ने गाउँपालिका उपाध्यक्ष गोबर्धन बुढा,

नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण के. सि. लगायत जिल्ला स्थित कार्यालय प्रमुख, सूचना अधिकारी, संचारकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आयोगका उपसचिव विश्वबन्धु पौडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य बारे प्रष्ट पार्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमको संचालन पत्रकार सर्जना कार्किले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्