Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा एक युवामाथी खुकुरी प्रहार

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा एक युवक माथी हतियार प्रहार भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ९ राडीका रवि चन्दमाथी खुकुरी र हथौडा प्रहार हुँदा चन्द गम्भिर घाइते भएका छन् ।

चन्द माथी सोहि ठाउँका गोविन्द शाही लगायतले खुकुरी र हथौडा प्रहार गरेको बताइएको छ । दिउँसो २ बजेतिर चन्दमाथी आक्रमण भएको हो ।

घाइते चन्दको नगर अस्पतालमा उपचार भइरहेको भएपनि टाउकोमा गम्भिर चोट लागेको र धेरै रगत बगेको कारण उनको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौं लैजाने तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक डेकेन्द्र शर्माले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्