Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा जेसि सम्बन्धि समिति र कार्यदल निर्माण

२०७८ फागुन ९
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशिकरणका लागि महत्वपूर्ण समिति र कार्यदल बनाईएको छ ।

सोमबार गाउँपालिकामा सम्पन्न लैंगिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण (जेसी अडिट) सम्बन्धि अभिमुखीकरण कार्यक्रम पश्चात कार्यान्वयन समिति र एक कार्यदल बनाईएको हो ।

गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा ११ सदस्यीय लैंगिक समानता तथा सामाजिक समावेशिकरण कार्यक्रम कार्यान्वयन समिति र जेसी अडिटको लागि गाउँपालिका उपाध्यक्ष गोबर्धन बुढाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरिएको हो ।

यसले जेसी अडिटको काम गर्ने बताईएको छ । जेसी अडिटले गाउँपालिकामा लैगिंक हिंसा बिरुद्धको अभियानका बजेट छ की छैन्, अपागं, अल्पसंख्यकको लागी बजेटको व्यवस्था तथा नीति निर्माण गरिएको छ की छैन भनेर हेर्ने र नगरेको भए बजेट व्यवस्थापन देखि नीति निर्माणमा सघाउ गर्ने बताईएको छ ।

यस्तै बजेटको व्यवस्था र नीति निर्माण गरेर पनि कार्यान्वयन नभएको खण्डमा कार्यान्वयन गर्नमा सहयोग गर्नेछ । यसले गाउँपालिकालाई थप लैंगिकमैत्री बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

लैंगिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण (जेसी अडिट) सम्बन्धि अभिमुखीकरण कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धीका सुचकमाथि सामुहिक रुपमा छलफल गरि लैंगिक बजेट र गाउँपालिकामा लैंगिकता सम्बन्धि भए गरेका कामको आधारमा गाउँपालिकालाई ५८ अंक दिइएको रुडास नेपालका कार्यकारी प्रमुख तथा जेसी अडिटका सहजकर्ता शोभाराम डाँगीले बताउनुभयो ।

गत वर्ष पनि सिस्ने गाउँपालिकामा जेसी अडिट गरेको बताउदै डाँगीले पहिलेको तुलनामा यस वर्ष सिस्नेले लैंगिक मैत्री काम गरेको पाइएको बताउनुभयो ।

आइतबारबाट सुरु भएको कार्यक्रम सोमबार सम्म चलेको थियो । अभिमुखीकरण कार्यक्रममा जेसी अडिट भनेको के हो ? यो किन गर्ने ? यसको विधि, प्रक्रिया र जेसी अडिट गर्दा गाउँपालिकालाई के फाइदा हुन्छ भन्ने विषयमा सहभागिहरुलाई जानकारी गराइएको छ । यस्तै यसको सवल र दुर्वल पक्ष, अवसर तथा चुनौतीको विश्लेषण पनि गरिएको छ ।

सिस्ने गाउँपालिकाको आयोजना र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगन्ज बाँकेको सहयोगमा रुडास नेपालले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्