Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खुकुरी प्रहारबाट घाईते चन्दको अप्रेशन सफल, अझै होस आएन

आक्रमणकारी फरार
२०७८ फागुन १०
tribeni2

रुकुम पश्चिम / खुकुरी र हथौडा प्रहारबाट घाईते भएका रुकुम पश्चिमका रबि चन्दको टाउकोको अप्रशेन सफल भएको छ ।

आठबिसकोट नगरपालिका वडा नम्बर ९ का चन्द माथी हिजो (सोमबार) खुकुरी र हथौडा प्रहार भएको थियो ।

टाउकोमा गम्भिर चोट लागेका उहाँको प्रदेश अस्पताल सुर्खेतमा अप्रेशन गरिएको र सफल भएको आठबिसकोट नगरपालिकाका नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६ घण्टा (करिब रातभर) लामो समय लगाएका चिकित्सकहरुले उहाँको अप्रशेन सफल भएको बताएका हुन् । नगर प्रमुख केसीले चन्दको होस भने अझै नआएको जानकारी दिनुभयो ।

सोमबार आठबिसकोटको वडा नम्वर ९ स्थित बजारमा चन्द माथी आक्रमण भएको थियो । आक्रमणबाट टाउकाेमा गम्भिर चोट लागेका चन्दलाई नेपाली सेनाको हेलिकप्टरबाट सोमबार नै सुर्खेत लगिएको थियो ।

चन्दमाथी आक्रमण गर्ने स्थानीय गोविन्द शाही लगायतका केहि व्यक्ति फरार रहेकोले खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउँनुभयो ।

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  ०६:०२
प्रतिक्रिया दिनुहोस्