Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७८ फागुन १०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार जिल्ला सदरमुकाम खलंगामा राष्ट्रिय सूचना आयोग काठमाडौँको आयोजनामा जिल्लास्थित सरकारी कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी र विभिन्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सूचनाको हक सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पाण्डेले सूचनाको हक के हो, यसका सिद्धान्तहरू, सार्वजनिक निकाय, सूचनाको हकका संवैधानिक र कानुनी पक्ष, सूचना प्रवाह गर्ने विषयहरू, सार्वजनिक कार्यालयहरूको दायित्व, सूचना अधिकारीहरूको काम कर्तव्यलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

सूचनाको हक सम्बन्धित कुराहरूलाई जानकारी गराउने उद्देश्यले जिल्लामा कार्यक्रमको आयोजना गरिएको आयोगले बताएको छ ।कार्यक्रममा सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्य बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुख, कार्यालयका सूचना अधिकारी, सञ्चारकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो ।

आयोगका आयुक्त रत्न प्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सदस्य दिपेन्द्र महतराले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्