Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घुम्ति शिविरमार्फत परिचयपत्र वितरण 

२०७८ फागुन ११
tribeni2

रुकुम पूर्व / रुकुम (पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर २ मा घुम्ति शिविर मार्फत अपांगता भएका र ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको छ ।

२ नम्बर वडामा १ जनालाइ जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ भने अपाङ्ग परिचय नयाँ १ र १ संशोधन गरि ख वर्गको २ जनालाइ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाले जानकारी दिनुभयो ।

४ जनालाई ग वर्गको परिचय पत्र वितरण गरिएको छ । शिविरमार्फत जम्मा ६ जनालाई अपांग परिचयपत्र वितरण गरिएको हो । अपांगता भएकालाई परिचय पत्र वितरणसँगै नागरिकको स्वास्थ्य जाँच पनि गरिएको छ । एमबीबीएस डाक्टर मार्फत स्वास्थ्य चेकजाँच भइरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताउनुभयो ।

आज सिस्ने २ मा रुकुमपूर्व अस्पतालका डाक्टर पुर्णबहादुर पुनद्वारा १० जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । स्वास्थ्य सम्बन्धी समस्या भएकालाइ थप उपचारका लागि डाक्टर पुनले स्वास्थ्य परामर्श दिनुभएको छ । स्वास्थ्य शिविरमा एन्टिजिन परिक्षण, डेगो परिक्षण, दम लगायतको चेकजाच भैरहेको छ ।

सिस्ने १ मा पनि फागुन १२ र १३ गते यसै प्रकारको शिविर मार्फत स्वास्थ्य चेकजाच र परिचय पत्र वितरण हुने बताइएको छ ।।

 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्