Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खाबाङ प्रहरी कार्यालयको नयाँ भवन निर्माणको लागी बजेट बिनियोजन

२०७८ फागुन ११
tribeni2

रुकुम पूर्व / रुकुम (पूर्व) को भूमे गाउँपालिका खाबाङमा रहेको इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्मानको लागी ७५ लाख बजेट बिनियोजन गरिएको छ । इलाका प्रहरी कार्यालयको पक्की र सुविधा सम्पन्न भवन निर्माण निर्माणमा लागी आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशले बजेट समेत बिनियोजन गरेको छ ।

अब इलाका प्रहरी कार्यालयको सुविधा सम्पन्न पक्कि भवन निर्माण हुने र सेवा प्रवाहमा पनि सहजता आउने जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरिक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालयको मापदण्डअनुसार जग्गा नपुगेकाले भने तत्कालै काम सुरु गर्न सकिएको छैन् । अपुग रहेको जग्गा भूमे गाउँपालिकाले उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले जग्गा उपलब्ध गराउने बित्तिकै संरचना निर्माणको प्रक्रिया सुरु गर्ने डिएसपी श्रेष्ठले बताउनुभयो ।

डिएसपी श्रेष्ठकाअनुसार इलाका प्रहरी कार्यालय खाबाङसँग पहिले २ हजार एक सय २० वर्गमिटर जग्गा रहेको थियो । उक्त जग्गा अपुग भएपछि भूमे गाउँपालिका २ का सर्वजित रोकाले २०७८ असारमा ४ सय वर्गमिटर जग्गा निशुल्क दान गर्नुभयो । रोकाले जग्गा उपलब्ध गराइसकेपछि इलाका प्रहरी कार्यालय भवन निर्माण गर्न जग्गा पुगेपनी अहिले फेरी मध्यपहाडी लोकमार्गको मापदण्डअनुरुप २५ मिटर जग्गा छोड्नुपर्दा करिब एक सय वर्गमिटर जग्गा अपुग हुन पुगेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

अपुग देखिएको जग्गा गाउँपालिकाले उपलब्ध गराउने निर्णय गरेबित्तिकै डिपीआर, इस्टामेट गरेर ठेक्का प्रक्रियामा जाने डिएसपी श्रेष्ठले बताउनुभयो ।

अहिले खाबाङमा इलाका प्रहरी कार्यालय भाडाको घरमा बस्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्