सोसल मिडिया
रुकुम पश्चिमको सदरमुकाम खलंगामा मसाल जुलुस निकालिएको छ ।
बुधबार बेलुका एमसीसी परियोजनाका बिरुद्धमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा निकट अखिल क्रान्तिकारीले सयुक्त रुपमा जुलुस प्रदर्शन गरेका हुन।
प्रदर्शनकारीले एमसिसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं जस्ता नाराहरु लगाएका थिए । खलंगाको मठबाट सुरु भएको जुलुस पुस्पलाल चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाइ अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण केसि, अनेरास्ववियूका जिल्ला उपाध्यक्ष भावना शर्मा र अखिल क्रान्तिकारिका जिल्ला अध्यक्ष सोमपाल कामीले सम्बोधन गर्नुभएको थियो।