Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुर्गेस थापा देखि सरोज ओलीसम्मले आफुमाथी षड्यन्त्र गरेको पल शाहको खण्डन

२०७८ फागुन १२
tribeni2

काठमाण्डाै /  अभिनेता पल शाहले आफूमाथि लागेको आरोपको खण्डन गर्नुभएको छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पलले आरोपको खण्डन गर्नुभएको छ।उहाँले आफूमाथि नियोजित षड्यन्त्र भएको दोहोर्याउनुभएको छ ।

कलाकार दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँले आफूमाथि षड्यन्त्र गरेको उहाँको आरोप छ ।

उहाँले लेख्नुभएको छ , ‘म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु । सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गालीगलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईँहरू सामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केही दिन अगाडि प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप म माथि लगाइएको छ ती सबै नियोजित र षड्यन्त्र पूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ ।’ शाहले प्रमाणस्वरूप आफूसँग भएको अडियो क्लिपसमेत सार्वजनिक गर्नुभएको छ ।

नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि उनलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । 

पल शाहको सामाजिक संजालको स्टाटस जस्ताको तस्तै उल्लेखित छ ।

नमस्कार म पल शाह 🙏
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार " पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो" , "हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो" साथै " घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो " लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई
Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- https://drive.google.com/.../1LCttzu4XUi.../view...

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्