Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पोखरामा पनि भेटीयो बर्डफ्लु

tribeni2

पोखराका कुखुरामा बर्डफ्लु भेटीएको छ । मादी गाउँपालिका ३ मा कुखुरामा बर्डफ्लू रोग लागेको पाइएको छ ।

स्थानीयको कुखुरा लगातार मरेपछि नमुना संकलन गरी परिक्षण गर्दा ति कुखुरामा बर्डफ्लूको संक्रमण भेटिएको पशु चिकित्सक डा. गृष्म न्यौपानले जानकारी दिए ।

बर्डफ्लू भेटिएको पक्का भएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले चिकित्सकहरुलाई सो क्षेत्रमा खटाएका छन् ।

अहिले मादी प्रवेश गर्ने र बाहिरीने क्षेत्रबाट अन्यजातका कुखुरा भित्र्याउन, बाहिर लैजान र दाना ओसारपोसार गर्न पनि रोक लगाइएको उनले जानकारी दिए ।

 

 

प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १४:०३
प्रतिक्रिया दिनुहोस्