रुकुम पूर्व : टिप्पर पल्टिदा दुई मजदुरको मृत्यु

२०७८ फागुन १२

रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिका ४ मा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भूमे ४ को झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिप्पर पल्टिदा काम गर्दै गरेका २ जना मजदुरको ज्यान गएको हो । मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेन्द्र बाँनीयाले जानकारी दिनुभयो ।

गम्भिर घाइते भएका दुवै जनालाई उपचारको लागि रुकुम पूर्व अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो ।
यस्तै अन्य दुई जना घाइते छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इन्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे रहेको प्रहरी निरीक्षक बाँनीयाले जानकारी दिनुभयो । घिमिरेको अवस्था नाजुक रहेको उहाँले बताउनुभयो ।

अर्का उदयपुर चौबन्दिगढी नगरपालिका ५ का २३ वर्षका रामआशिस चौधरी पनि घाइते भएको प्रहरीले बताएको छ । दुवै जनाको अहिले रुकुम९पूर्व० अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बाँनीयाले बताउनुभयो । उहाँकाअनुसार लामा कन्स्ट्रक्सनले धाउने–बालुवा–देउखोला सडकखण्डमा काम गरिरहेको छ । कन्स्ट्रक्सनकै टिप्परले झिङ्गेटारमा लोड गरिएको ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भइ पल्टदा काम गरिरहेकाहरुलाई किचेको हो ।

कन्स्ट्रक्सनका सव इन्जिनीयरलाई भने टिप्परबाट उछिट्टीएर गएको ढुङ्गाले चोट लागेको प्रहरी निरीक्षक बाँनीयाले बताउनुभयो । टिप्पर ढुङ्गा झार्ने क्रममा पल्टिएर अन्दाजी १०÷१५ मिटर तल खसेको थियो । टिप्पर चालक दोलखाका ३२ वर्षका सन्तोष माझीलाई नियन्त्रणमा ल्याइ थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्