सोसल मिडिया
रुकुम पश्चिम / रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगामा एमसीसीको विरुद्धमा विरोध प्रदर्शन भएको छ । विहिबार एमसीसी परियोजनाका बिरुद्धमा सत्ता पक्षिय पार्टीका विद्यार्थी संगठनले विरोेध प्रदर्शन गरेका हुन ।
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले सयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन।
प्रदर्शनकारीले एमसिसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं जस्ता नाराहरु लगाएका थिए । उक्त परियोजनाको विरोध गर्दै खलंगा बजार परिक्रम गरेका प्रदर्शनकारीले कालीका स्थानमा आएर विरोध कार्यक्रमलाई कोण सभामा परिणत गरेका थिए।
कोणसभालाइ अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य सुन्दर शर्मा , प्रदेश उपाध्यक्ष तुल देवकोटा , जिल्ला अध्यक्ष नारायण केसी र अनेरास्ववियूका जिल्ला उपाध्यक्ष भावना शर्माले सम्बोधन गर्नुभएको थियो।