Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

युक्रेनका नेपालीको तत्काल उद्धार गर्न आग्रह

२०७८फागुन १४
tribeni2

काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले युक्रेनमा रहेका नेपालीहरुलाई तत्काल उद्धारको पहल गर्न नेपाल सरकार समक्ष आग्रह गर्नुभएको छ ।  डा.केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका ४०० जना नेपालको उद्धारको पहलको लागि आग्रह गर्नुभएको हो । 

डा.केसीले भन्नुभएको छ । युद्द भनेको युद्द नै हो, त्यसैले नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुको सक्दो छिटो उद्दार गर्नु पर्ने आवश्यकता छ । हामी सरकार तथा त्यहाँ रहेका नेपालीबीच समन्वय गरि उद्धार गर्न तयार छौं । 

रसिया र युक्रेनबीचको द्वन्द्वमा त्यहाँ  रहेका नेपालीहरु त्रसित छन् ।   सैनिक अड्डाहरुमा मात्र आधुनिक क्षेप्यास्त्रले हमला गरिएकोले सर्वसाधारणको  जीवनमा खासै खतरा छैन् भन्ने सरकारी दावी रहेको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) युक्रेनका पदाधिकारी साथीहरुले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुसँग सम्पर्क रहदै  आएको डा. केसीले जनाउनुभयो ।  केसीका अनुसार  हाल सम्म त्यहाँ रहेका सबै नेपालीहरु सकुशल   छन् ।   

डा. केसीले स्वयं नेपाली दुतावास जर्मनी, रसिया तथा गैर आवासीय नेपाली संघ युक्रेनका पदाधिकारी र त्यहाँका नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेर नेपालीको उद्धारको प्रयास गरेको बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्