Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मानव अधिकार एलायन्स सल्यानको अध्यक्षमा सुरेश चन्द

२०७८ फागुन १३
tribeni2

सल्यान / मानव अधिकार एलायन्स जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले सुरेश चन्दको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटि निर्माण गरेको छ । 

नव गठित कमिटिको उपाध्यक्षमा विशाल खडका, सचिवमा सुनिता पुन, उप सचिवमा किरण शाही र कोषाध्यक्षमा केशरी श्रेष्ठ चयन हुनुभएको छ ।

त्यसैगरी कमिटिको सदस्यहरुमा दिपा श्रेष्ठ, दिलिप रावत, कमला चन्द शाही, जानकी भण्डारी, उर्मिला वलि र आशा शाही चयन हुनुभएको छ ।

मानवअधिकार एलायन्स सल्यानका संस्थापक अध्यक्ष ओज बहादुर बुढाथोकीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा मानवअधिकार एलायन्सका केन्द्रीय सदस्य तथा गैसस महासघका केन्द्रीय सचिव दिपेन्द्र डिसि, अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटी सदस्य घनश्याम पुन, राष्ट्रिय युवासघ केन्द्रीय सदस्य प्रिन्स बस्नेत, अनेरास्ववियु सल्यानका निवर्तमान अध्यक्ष राम बहादुर केसी लगायत सामाजिक तथा मानवअधिकार क्षेत्रमा काम गर्ने व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्