Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली सरकारले विपन्नहरूको घर बनाइिदने

२०७८ फागुन १३
tribeni2

सुर्खेत / कर्णाली प्रदेश सरकारले प्रदेशमा रहेका विपन्न नागरिकहरूको घर निर्माणका लागि हुम्ला र डोल्पामा पाँच लाख र चार जिल्लामा चार लाखका दरले उपलब्ध गराउने भएको छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि समेत स्वीकृत गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिनका लागी पाँच करोड रुपैयाँ बजेट छुट्याएको हो ।

पाँच करोडमा झण्डै एक सय घर निर्माण गर्ने लक्ष्य लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिनुभयो ।

मन्त्री विष्टका अनुसार सुर्खेतका बाढी पीडित परिवारलाई तीन लाख रुपैयाँका दरले आर्थिक सहयोग दिने निर्णय भएको छ ।

२०७१ सालको बाढीबाट प्रभावित सुर्खेतका एक हजार ६२ परिवारलाई प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७८/७९ मा प्रतिपरिवार तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

तीन लाखका दरले प्रदेश सरकारले ३१ करोड ८६ लाख रुपैयाँ रकम वितरण गर्ने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्